SunFlare Co., Ltd.

Global Interface & Solutions

सन् फ्लेयर ले, धेरै वर्ष देखिको अनुवादक कम्पनी स्वरूपको अनुभवको आधारमा, ग्राहकले विश्वास गर्न सक्ने अनन्य बौद्धिक पार्टनर बन्ने लक्ष्य राखेको छ।
साथै, सबै प्रकारका उद्योगका ग्राहकवर्गको ईच्छा अनुसार डकुमेन्टको लागि व्यापक सपोर्ट दिने गर्दछ।
ग्राहकवर्गले अहिले, डकुमेन्ट सम्बन्धमा सामना गर्नुपरिराखेको समस्यालाई द्रुत र सही तरिकाले समाधान गरी, उपयुक्त समाधान प्रस्ताव गर्ने एवम् प्रदान गर्ने गर्दछ।

ISO27001/9001 प्रमाणित कम्पनी

ग्राहकवर्गबाट विभिन्न खालको डकुमेन्टहरूको माग रहने गर्छ।ग्राहकवर्गबाट महत्वपूर्ण डाटा प्राप्ती तथा, तयारी सामान डेलिभरीको सेक्युरिटि प्रतिको संयन्त्र र, ग्राहकले अपेक्षा गर्ने गुणस्तरको व्यवस्थापनलाई हरदम सोचविचार गरी, अन्तर्राष्ट्रिय म्यानेजमेन्ट सिस्टम अनुसारको पहल गर्ने गरिएको छ।

बहुमुखी, बहुप्रकार उद्योग, व्यवसाय तथा क्षेत्र प्रति सेवा प्रदान गर्ने गर्दछौँ

ग्राहकवर्गको जस्तै उही व्यवसाय जगतबाट अनुभव प्राप्त एक्सपर्टहरू एवम् क्षेत्र अनुसारको विशेषज्ञता हासिल गरेको विशेषज्ञ टिमले, ग्राहकवर्ग सँगैसँगै चुनौतीहरूको सामना गर्न विश्वासपात्र स्वरूप पहल गरेर अगाडि बढ्नेछन्।

संसारका 90 भाषामा सेवा प्रदान गरिरहेका छौँ

ग्लोबल विजनेस विस्तार गर्नका लागि, उक्त क्षेत्रका भाषा, स्थान विशेषको साँस्कृतिक पृष्ठभूमिको पूर्ण ज्ञान हुनै पर्ने अत्यावश्यक शर्त रहन्छ। विश्वको कुनै पनि मञ्चमा ग्राहकवर्गको विजिनेसलाई सफलताको बाटो तर्फ डोऱ्याउन र सही एवम् तीव्र टेवा प्रदान गर्नका निमित्त, स्थानीय भाषा तथा परिस्थिति सँग चिरपरिचित रहेका, संसारभरीको 90 भन्दा बढी देशको भाषा जान्ने स्टाफहरू सन् फ्लेयरमा रहेका छन्। कानुनी कागजात या जर्नल, पेटेन्ट निवेदन, औषधिजन्य निवेदन जस्ता उच्च विशेषज्ञताको खाँचो हुने लेख भएका कागजातहरूको लागि पनि, उत्कृष्ट भाषिक क्षमताका साथै वृहत्तर शैक्षिक तथा विशेषज्ञ ज्ञान भएका एक्सपर्टहरूले निश्चित गुणस्तरका साथ तीव्र रूपमा सेवा प्रदान गर्ने गर्दछन्।

कर्पोरेट प्रोफाइल

कर्पोरेटको नाम

SunFlare Co., Ltd.

स्थापना

१९७१ अगष्ट १ तारिख

अवस्थित स्थल

टोकियो मुख्यालय :
Shinjuku Hirose Bldg., 4-7 Yotsuya, Shinjuku-ku,
Tokyo 160-0004, Japan

रिप्रिजेन्टेटिभ डाइरेक्टर

हारोयुकि सासाइ

व्यवसायहरू

अनुवाद तथा डकुमेन्टेसन व्यवसाय

  • अनुवाद
  • स्थानीयकरण
  • राइटिङ् (टेक्निकल, मेडिकल)
  • रचनात्मक सेवा (डिजाइन, DTP, WEB, भिडियो)

कन्सल्टेसन व्यवसाय

  • डकुमेन्टेसन कन्सल्टिङ
  • सर्वेक्षण (कानुन तथा व्यवस्था, मानक, पेटेन्ट)
  • आवेदन सम्बन्धी टेवा (पेटेन्ट निवेदन, औषधिजन्य निवेदनको अनुमोदन, चिकित्सा उपकरण)

शिक्षा तथा तालिम व्यवसाय

  • सन् फ्लेयर अनुवाद एकेडेमीको सञ्चालन
  • अनुवाद अभ्यासमूलक परीक्षा TQE को सञ्चालन
  • संस्थागत भाषा तालिम
  • सेमिनारको सञ्चालन (पेटेन्ट, चिकित्सा उपकरण)

प्रमाणीकरण

ISO27001, ISO9001, ISO17100, प्राइभेसी मार्क (JIPDEC)
चिकित्सा उपकरण उत्पादन तथा बिक्री वितरण लाइसेन्स(प्रकार-२)

Back to Top